Kathmandu Press

कोरोना संक्रमणबाट बझाङमा एक वृद्धको मृत्यु

बझाङ, साउन १३ : कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक बृद्धको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बझाङको बुङ्गल नगरपालिका ३ का ६....

कोरोना संक्रमणबाट बझाङमा एक वृद्धको मृत्यु

बझाङ, साउन १३ : कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक बृद्धको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बझाङको बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको हो। उनको साउन ९ गते मृत्यु भएको थियो। सोमबार साँझ आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण जोशीले बताए।

उनी असार २४ गते भारतको बेंलोरबाट आएका थिए। १४ दिन क्वारेन्टाइनबाट बसेपछि असार ६ गते घर गएका थिए। क्वारेन्टाइनमा रहँदासम्म उनलाई कुनै समस्या नदेखिएको कोरोना फोकल पर्सन जोशीले बताए। असार ९ गते एक्कासी स्वास फेर्न गाह्रो भएपछि उनको मृत्यु भएको जनाएको छ।

त्यसपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको जोशीले बताए।

उनको असार ९ गतेनै धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको थियो। दाहसंस्कारमा सहभागीहरुको खोजी सुरु भएको छ। उनीहरुको पनि कोरोना परीक्षण गरिने फोकल पर्सन जोशीले बताए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म १८ हजार सात सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति: १४:४९ बजे, मंगलबार, साउन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्