प्रचण्डको अध्यक्षतामा बस्यो स्थायी कमिटी बैठक, ओलीसँगको भेटबारे ब्रिफिङ गर्दै
काठमाडाैं, साउन १३ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे ब्रिफिङ गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स....

काठमाडाैं, साउन १३ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे ब्रिफिङ गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक सुरु गरेका छन्।
बालुवाटारमा भेला भएका आफ्ना पक्षका स्थायी कमिटी सदस्यसँग उनले प्रधानमन्त्री ओलीसँगको भेटबारे ब्रिफिङ सुरु गरेका हुन्।
बैठकको बीचमै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए। दुई नेता प्रधानमन्त्रीलाई भेटेर आएपछि बैठक फेरि सुरू भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले बताए।
'प्रधानमन्त्रीसँगको भेटपछि त्यसबारे ब्रिफिङ गर्न उहाँले स्थायी कमिटीको बैठक सुरु गर्नुभएको छ,' सापकोटाले भने। बैठकमा स्थायी कमिटीका २४ सदस्य सहभागी छन्।
बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि रहेका छन्। उनले मंगलबार बिहान पार्टी बिग्रह रोक्न भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए।











