योगेश भट्टराई भन्छन्- नेकपा दुर्घटना नजिक छ रोकौं
काठमाडाैं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको दुर्घटनातर्फ लागेकाले त्यसलाई रोक्नुपर्ने धारणा स्थायी कमिटी सदस्य योगेश भट्....

काठमाडाैं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको दुर्घटनातर्फ लागेकाले त्यसलाई रोक्नुपर्ने धारणा स्थायी कमिटी सदस्य योगेश भट्टराईले राखेका छन्।
मंगलबार ट्वीटरमार्फत उनले नेकपा विभाजनको दुर्घटनामा जानै लागेकाले त्यसलाई रोक्नुपर्ने बताएका हुन्। 'दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔँ सल्लाह गरौँ,' उनले लेखेका छन्।
दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।
— Yogesh Bhattarai (@yogesbhattarai) July 28, 2020
दुई अध्यक्षबीच सहमति कायम गर्ने प्रयास असफल भएपछि नेकपामा बहुमतीय अभ्यास सुरु भएको छ। अध्यक्ष केपी ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि आफ्ना सदस्य भेला गरेर बैठक प्रचण्ड र माधव नेपालले केहीबेर राखेका थिए।
नेता भट्टराईले यस्तो परिस्थिति आउनु दु:खद भएको बताए।'पार्टीभित्र बहुमतको अभ्यास हुने दिन आउनु निकै दु:खद छ यसले पार्टीलाई दुर्घटनातर्फ लैजान्छ। त्यसबाट बचाउन सबैले आ-आफ्नो स्थानबाट उचित भूमिका निर्वाह गर्नुपर्छ,' उनले काठमाडौं प्रेससँग भने।
नेकपाको अन्तरिम विधानले महाधिवेशन अघि सहमतिमै निर्णय हुने उल्लेख छ। यद्यपी सहमति कायम गर्ने प्रयास सफल नभएपछि प्रचण्ड र नेपाल समूह बहुमतबाट निर्णयमा पुग्नुपर्ने निष्कर्षमा पुगिसकेको छ।











