Kathmandu Press

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं, साउन १३ : नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका छन्।

....
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, प्रधानमन्त्री ओली अनुपस्थित
फाइल फाेटाे

काठमाडौं, साउन १३ : नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेका छन्।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले एकलौटी रुपमा आज बिहान बोलाएको बैठक स्थगित गरेका थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको नेकपा एक नेताले बताए।

भरखरै सुरु भएको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपनि उनका पक्षका नेता भने सहभागी रहेका छन्। बैठक सुरु गर्न अघि नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

एक नेताका अनुसार मध्यमार्गी बाटाे अपनाउने गरि स्थायी कमिटी बैठक सुरु भएकाे हाे।

पटकपटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बिहान ११ बजे बोलाइएको थियो। तर, नेकपा नेता बालुवाटार नपुग्दै प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थगित भएको जानकारी गराएका थिए।

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्