Kathmandu Press

पाल्पामा पहिरोमा पुरिएर युवकको मृत्यु

पाल्पा, साउन १३ : पाल्पामा आज बिहान गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रम्भा गाउँपालिका१ असर्दीका ३....

पाल्पामा पहिरोमा पुरिएर युवकको मृत्यु

पाल्पा, साउन १३ : पाल्पामा आज बिहान गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रम्भा गाउँपालिका१ असर्दीका ३० वर्षीय दिनेश अर्यालको पहिरोमा पुरिँदा मृत्यु भएको हो। आज बिहान खेतमा काम गर्न जाँदै गर्दा आएको पहिरोले बगाएको हो।

उनलाई पहिरोले बगाएर १० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। आज बिहानैदेखि परेको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ।

 

प्रकाशित मिति: १०:१४ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्