राप्रपा छाडेका सुनिल थापासहित ५ जना आज कांग्रेस प्रवेश गर्दै
काठमाडौं, साउन १३ः राप्रपा छाडेका सुनिलबहादुर थापासहितका केही नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। कांग्रेसले थापालाई सह महामन्त्री र अरु ....

काठमाडौं, साउन १३ः राप्रपा छाडेका सुनिलबहादुर थापासहितका केही नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। कांग्रेसले थापालाई सह महामन्त्री र अरु ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको बुझिएको छ ।
थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका हुन् ।
थापा पार्टी प्रवेश गर्ने भएपछि कांग्रेसभित्र केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।
प्रकाशित मिति: ०६:५२ बजे, मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











