Kathmandu Press

राखेपको सदस्य सचिवमा सिलवाल नियुक्त 

काठमाडौं, साउन १२ :  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्। 

प्रधानमन्त्रीको सरका....

राखेपको सदस्य सचिवमा सिलवाल नियुक्त 

काठमाडौं, साउन १२ :  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। 

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको सिफारिस समितिले सदस्य सचिव नियुक्तिका लागि सिलवालसँगै राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो।

समितिको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले सिलवाललाई नियुक्त गरेको हो। अघिल्लो वर्ष असार २३ गते सदस्य सचिव नियुक्त भएका सिलवाल एक वर्षपछि गत असार १८ गते नयाँ ऐनको कार्यन्वयनसँगै पदमुक्त भएका थिए। 

यस्तै, बैठकले राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन्। कोइरालाले यसअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग( को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए। उपाध्यक्ष र सदस्य सचिवको पदावधि चार वर्षको रहनेछ।

नयाँ खेलकुद विकास ऐन २०७७ जारी भएसँगै राखेपमा नियुक्त भएका सबै पदाधिकारी र सदस्य स्वत: पदमुक्त भएका थिए। 

 

 

प्रकाशित मिति: १९:५६ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्