Kathmandu Press

फैसलाप्रति भइरहेका टीकाटिप्पणीप्रति सर्वोच्चको असन्तुष्टि

काठमाडौं, साउन १२ :  सर्वोच्च अदालतले अदालतबाट भएका काम कारबाहीका विषयमा भइरहेका टीकाटिप्पणी र गतिविधिप्रति असन्तुष्टि जनाएको छ। 

....

फैसलाप्रति भइरहेका टीकाटिप्पणीप्रति सर्वोच्चको असन्तुष्टि

काठमाडौं, साउन १२ :  सर्वोच्च अदालतले अदालतबाट भएका काम कारबाहीका विषयमा भइरहेका टीकाटिप्पणी र गतिविधिप्रति असन्तुष्टि जनाएको छ। 

सर्वोच्चले सोमबार विज्ञप्ति जारी गरी अदालतबाट भएका काम कारबाहीबारे केही दिनदेखि भइरहेका टिकाटिप्पणी र गतिविधिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

साथै,  उसले न्यायपालिकाका काम कारबाहबारे भ्रम सिर्जन हुने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान दिन आग्रह गरेको छ।  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका पूर्वडीआइजी रञ्जन कोइरालालाई साढे ११ वर्ष कैद छुट दिएपछि फैसलामाथि प्रश्न उठाउँदै चर्को आलोचना भइरहेको छ।

फैसला वा आदेशप्रति स्वच्छ टिप्पणी वा आलोचना, छलफल वा बहस हुन सक्ने भन्दै सर्वोच्चले निश्चित सीमा र मापदण्डभित्र रहेर गरिने स्वस्थ आलोचना वा टिप्पणीप्रति अदालत सधैँ सकारात्मक रहेको  जनाएको छ।  

‘न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त रहने संस्था हो। न्यायपालिकाका काम कारबाहीबारे भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ ध्यान जान जरुरी हुन्छ,’ सर्वोच्चका प्रवक्ता प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘न्याय सम्पादनका क्रममा हुनसक्ने त्रुटि सच्चाउने कायै निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्य मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको बेहोर वितिदै छ,’ विज्ञप्तिमा भनिएको छ,‘ अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाको काम कारबाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्नसमेत सम्बद्ध सबैमा अनुरोध छ।’ 

यस्तै, सर्वोच्चले स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा अदालत सधैँ गम्भीर, सचेत र संवेदनशील गरेको दाबी गरेको छ। 

हेर्नुस् विज्ञप्ति :

 

प्रकाशित मिति: १८:२७ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्