Kathmandu Press

कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन १२ :  कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार सुर्खेतको प्रदेश अस्पताल, पशुपन्छी....

कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, साउन १२ :  कर्णाली प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार सुर्खेतको प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र रुकुम पश्चिको चौरजहारी नगरपालिकाको प्रयोगशाला मा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितहरु दैलेखका २८ जना, सल्यानका दुई जना र सुर्खेतका एक जना रहेका छन्। 

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ६ मा ११ जना, वडा नम्बर १० मा १३ जना र वडा नम्बर १२ मा चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

यस्तै, सल्यानको कुमाख गाउँपालिकाका दुई र सुर्खेतको चिङ्गाड गाउँपालिकाका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितहरु पाँचदेखि ५५ वर्ष उमेर समूहका छन्।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९१० पुगेको छ भने अहिलेसम्म १६ सय ५८ जना कोरोनालाई जितेर घर फर्किएका छन्।
 

प्रकाशित मिति: १६:१७ बजे, सोमबार, साउन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्