जंगली च्याउ खाँदा एकको मृत्यु, आठ गम्भीर बिरामी
जाजरकोट, साउन १२ : कुशे गाउँपालिका –१ स्याँक्रीमा जंगली च्याउ खाँदा तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ।
उनीसँगै च्याउ खाएका ५० ....
जाजरकोट, साउन १२ : कुशे गाउँपालिका –१ स्याँक्रीमा जंगली च्याउ खाँदा तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ।
उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर घाइते भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए।
परिवारका सबैले सदस्यले एकै समय च्याउ खाएका थिए। बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: १४:४६ बजे, सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१