Kathmandu Press

सरिता गिरीको ठाउँमा सांसद बनिन् लिला सिटौला

काठमाडौं, साउन १२ : जनता समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा लिला सिटौलालाई सांसद बनाएको छ।

निर्वाचन आयोगले सिटौलालाई जनता समाजवादी पार्टी....

सरिता गिरीको ठाउँमा सांसद बनिन् लिला सिटौला

काठमाडौं, साउन १२ : जनता समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा लिला सिटौलालाई सांसद बनाएको छ।

निर्वाचन आयोगले सिटौलालाई जनता समाजवादी पार्टीको सिफारिसमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको हो। गिरीले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले पार्टीबाट निष्काशन गरेको थियो।

उनको सांसद पद पनि खारेज भएको थियो। रिक्त रहेको उनको ठाउँमा समानुपातिक तर्फ खस९आर्य समूहबाट सिटौलालाई सांसद बनाउन जनता समाजवादी पार्टीले सिफारिस गरेको थियो।

सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नयाँ नक्सा जारि गरेको थियो। नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो। गिरीले त्यसमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

जनता समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको यियो। तर, उनले फिर्ता लिन अस्वीकार गरेकी थिइन्। त्यसपछि जनता समाजवादी पार्टीले कारबाही गरेको थियो।

त्यसका विरुद्ध गिरी सर्वोच्च अदालत पुगेकी थिइन्। सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आज उनको ठाउँमा सिटौलालाई सांसद चयन भएको घोषणा गरिएको हो।

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्