मनिपाल अस्पतालका चिकित्सकमा कोरोनाको संक्रमण पुष्टि
पोखरा, साउन १२ : पोखराको मनिपाल शिक्षण अस्पतालका एक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मनिपाल अस्पतालमा कार्यरत २९ ....

पोखरा, साउन १२ : पोखराको मनिपाल शिक्षण अस्पतालका एक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मनिपाल अस्पतालमा कार्यरत २९ वर्षीय चिकित्समा सोमबार कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका ती चिकित्सक मेडिकल वार्डमा कार्यरत थिए।
सामान्य ज्वरो आएपछि उनको स्वाब परीक्षणका लागि क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशाला पठाइएको थियो। सोमबार बिहान उनमा कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
ती चिकित्सकलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।
प्रकाशित मिति: १४:०६ बजे, सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











