Kathmandu Press

प्रादेशिक अस्पताल जनकपुरधामको आइसियू कक्ष सिल

काठमाडौं, साउन १२ : प्रादेशिक अस्पताल जनकपुरधामको आइसियू कक्ष सात दिनको लागि सिल गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट एक पुषरुषको मृत्यु भएपछि अस्पतालक....

प्रादेशिक अस्पताल जनकपुरधामको आइसियू कक्ष सिल

काठमाडौं, साउन १२ : प्रादेशिक अस्पताल जनकपुरधामको आइसियू कक्ष सात दिनको लागि सिल गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट एक पुषरुषको मृत्यु भएपछि अस्पतालको आइसियु कक्ष सिल गरिएको हो। 

साउन १० गतेदेखि प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको  मृत्यु भएको थियो।
मृत्युपछि जिल्ला सुरक्षा समितिको बैठकले अस्पतालको आइसियू कक्ष ७ दिनका लागि सिल गर्ने निर्णय गरिएको हो।

आइसियूमा उपचाररत युवकको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई अस्पतालले थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको थियो। तर उनको बाटो मै मृत्यु भएको थियो।

मृतकको सम्पर्कमा रहेका परिवारका ६ जना सदस्यसहित उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकको पनि कोरोना परीक्षण गरिने भएको छ। 

मृतकका परिवारलाई जनकपुरधामस्थित गोपाल धर्मशाला क्वारेन्टाइनमा राखिएको छ।

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, साउन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्