Kathmandu Press

पर्साका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, साउन १२ : पर्सामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार राति १८ जनामा संक्रमण पु....

पर्साका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, साउन १२ : पर्सामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार राति १८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलगायत अस्पतालमा कार्यरत कर्मचारीसमेत रहेका छन्।

संक्रमितमध्ये गण्डक अस्पतालका एक, नारायणी अस्पतालका एक, एपोलो अस्पतालका एक र क्वारेन्टाइनमा खटिएका पाँच स्वास्थ्यकर्मी रहेका छन्। 

अन्य क्वारेन्टाइनमा बस्दै आएका र कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको चेकजाँचमा फेला परेका  संक्रमित हुन्।

योसहित पर्सामा कोरोना संक्रमितको संख्या दुई सय ५९ पुगेको छ। 

प्रकाशित मिति: १३:११ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्