विराट नर्सिङ होमका थप चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन १२ : विराटनगरको विराट नर्सिङहोममा कार्यरत थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेहरुमा २१, ३०, ३१ र ५६....

काठमाडौं, साउन १२ : विराटनगरको विराट नर्सिङहोममा कार्यरत थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेहरुमा २१, ३०, ३१ र ५६ वर्षीया स्वास्थ्यकर्मी रहेको अस्पतालले जनाएको छ।
बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा रहेका ५८ जनाको स्वाब परीक्षण गर्दा चार स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो।
अस्पताल सञ्चालकमा कोरोना पुष्टि भएपछि सम्पर्क रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको थियो।
नयाँ संक्रमित सबैलाई आइसोलेशनमा भर्ना गरिएको छ।
प्रकाशित मिति: १२:४० बजे, सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











