Kathmandu Press

वर्षाले घर भत्किँदा नातिको मृत्यु, बाजे घाइते

मुस्ताङ, साउन १२ : वर्षाले घर भत्किँदा मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटका एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसा....

वर्षाले घर भत्किँदा नातिको मृत्यु, बाजे घाइते

मुस्ताङ, साउन १२ : वर्षाले घर भत्किँदा मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटका एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति घर भत्किएपछि १८ वर्षीय निशान तुलाचनको मृत्यु भएके हो। उनका बाजे ७० वर्षीय रनप्रसाद गौचन घाइते भएको जिल्ला प्रहरी कार्यालय, मुस्ताङका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।

लगातारको वर्षाका कारण ढुङ्गा र माटोले बनेको घर भत्किएको स्थानीय वासिन्दाले बताएका छन्। उनीहरु सुतेको अवस्थामा घर भत्किएको जनाएको छ।

घर भत्किएको खबर पाएपछि राति नै स्थानीय वासिन्दा र प्रहरी टोली उद्धारमा खटिएको थियो। रनप्रसादको जिवित उद्धार गरेपनि निशानको शव भेटिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

प्रकाशित मिति: १०:३७ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्