Kathmandu Press

कोरोनाबाट संसारभर साढे ६ लाख मानिसको मृत्यु

काठमाडौं, साउन १२ : कोरोना भाइरसको संक्रमणबाट संसारभर साढे ६ लाख मानिसको ज्यान गएको छ। गत २४ घन्टामा मात्रै चार हजार तीन सय तीन जनाले ज्यान गुमाएका छन....

कोरोनाबाट संसारभर साढे ६ लाख मानिसको मृत्यु

काठमाडौं, साउन १२ : कोरोना भाइरसको संक्रमणबाट संसारभर साढे ६ लाख मानिसको ज्यान गएको छ। गत २४ घन्टामा मात्रै चार हजार तीन सय तीन जनाले ज्यान गुमाएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार दुई सय ५६ पुगेको छ। अझै ६६ हजार दुई सय ७२ जना गम्भीर रहेका छन्। उनीहरुको आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

त्यस्तै, कोरोना संक्रमितको संख्या पनि गत २४ घन्टामा दुई लाख २१ हजार दुई सय ६० थपिएको छ। योसँगै संसारभर संक्रमितको संख्या एक करोड ६४ लाख २० हजार दुई सय ८७ पुगेको छ।

निका हुने संक्रमितको संख्या पनि एक करोड नाघेको छ। सोमबार बिहानसम्म संक्रमितमध्ये एक करोड ४८ हजार ५२ जना निको भएर घर फर्किएका छन्।

अहिलेसम्म सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा पुगेको छ। गत २४ घन्टामा ४६ हजार थपिएसँगै कोरोना संक्रमितको संख्या ४३ लाख ७१ हजार आठ सय ३९ पुगेको छ। जसमध्ये एक लाख ४९ हजार आठ सय ४९ जनाको मृत्यु भएको छ।

दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या २४ लाख २९ हजार नौ सय एक पुगेको छ। ब्राजिलमा ८७ हजार ५२ जनाले ज्यान गुमाइसकेका छन्।

तेस्रो नम्बरमा रहेको भारतमा पनि गत २४ घन्टामा ५० हजार संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या १४ लाख ३६ हजार १९ पुगेको छ। सोमबार बिहानसम्म ३२ हजार आठ सय १२ जनाको मृत्यु भएको छ।

नेपालमा भने संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ। कोरोनाबाट ४६ जनाको मृत्यु भएको छ भने १३ हजार एक सय २८ जना निको भएका छन्।

प्रकाशित मिति: १०:१० बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्