बाटोमै मृत्यु भएका धनुषाका युवकमा कोरोना संक्रमण पुष्टि
जनकपुर, साउन १२ : उपचारका लागि अस्पताल लग्दै गर्दा बाटाेमै मृत्यु भएका धनुषाका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
धनुषाको शही....

जनकपुर, साउन १२ : उपचारका लागि अस्पताल लग्दै गर्दा बाटाेमै मृत्यु भएका धनुषाका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
धनुषाको शहीदनगर–८ डुमरियाका ३८ वर्षीय युवकलाई रुघाखोकी र ज्वरो आएको थियो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो।
उनको अवस्था जटिल बन्दै गएपछि रिफर गरिएको थियो। आइतबार थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा उनको सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ।
धरान लग्नु अघि आइतबार बिहान नै उनको प्रादेशिक अस्पताल जनकपुरमा स्वाबको नमुना संकलन गरिएको थियो। आइतबार साँझ आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको ेप्रदेश २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले बताए।
उनको शव धनुषा ल्याइएको छ। आज धुनषामै व्यवस्थापन गरिने सहनिर्देशक झाले बताए।
कोरोना भाइरसको संक्रमणबाट धनुषामा मृत्यु भएको पहिलो घटना हो। योसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। त्यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ।
सोमबारसम्म देशभर कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ। जसमध्ये १३ हजार एक सय २८ जना निको भएका छन्।











