Kathmandu Press

आजदेखि मौसम सक्रिय, चार दिनसम्म भारी बर्षा 

काठमाडौं, साउन १२ : आजदेखि  मनसुन पुनः सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आज अपरान्हदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई....

आजदेखि मौसम सक्रिय, चार दिनसम्म भारी बर्षा 

काठमाडौं, साउन १२ : आजदेखि  मनसुन पुनः सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आज अपरान्हदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने  विभागले जनाएको हो ।

अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले आगामी १६ गतेसम्म वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ  छ । मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 प्रदेश १, वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान गरिएको छ ।

 बाढी पहिरोको जोखिम रहेकोले सुरक्षित रहन र जोखिम क्षेत्रमा नबस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । यस वर्ष पहिरोका कारण सबैभन्दा बढी १ सय २८ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परी ५१ जना बेपत्ता रहेको सरकारको तथ्याङ्क रहेको छ ।


 

प्रकाशित मिति: ०७:३४ बजे, सोमबार, साउन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्