भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकै दिन ५० हजार वढी थपिए
काठमाडौं, साउन १२ : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएक....

काठमाडौं, साउन १२ : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका हुन् ।
लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा सोमबारको यो तथ्यांक अहिलेसम्मकै धेरै हो । यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । यो सँगै भारतमा कुल संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।
संक्रमितमध्ये अहिलेसम्म ९ लाख १८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ८४ हजार ४७४ जनाको उपचार भइरहेको छ । संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको ३२ हजार ८१० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।











