Kathmandu Press

तेजाब प्रहारबाट घाइते भएकी युवतीको उपचारमा सरकारले सहयोग गर्ने

काठमाडौं, साउन ११ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन्।  

....
तेजाब प्रहारबाट घाइते भएकी युवतीको उपचारमा सरकारले सहयोग गर्ने

काठमाडौं, साउन ११ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन्।  

मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए। 'तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ', पीडितसँग कुरा गर्दै उनले भने, घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ।  सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए। 

उाीसँगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुगेका थिए। । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिएका थिए। 

सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए। फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए। 

दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो। प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो।  मोहम्मद काठमाडौंको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ। पीडित युवती र उनकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्ने गरेका थिए। पछि पीडित युवतीले उक्त कारखनामा काम गर्न छाडेकी थिइन्।

पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताए। “पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ”, उनले भने। उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो। तेजाबा प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ।

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, साउन ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्