प्रिमियर लिगको अन्तिम दिनका महत्वपूर्ण तीन खेल
काठमाडौं, साउन ११ : इंग्लिस प्रिमियर लिग (इपिएल)को सन् २०१९/२० को सिजन आज रातिबाट सकिँदै छ। इपिएलको अन्तिम आज १० खेल हुँदैछ । दशवटै खेल राति ८ः४५ बजे ....

काठमाडौं, साउन ११ : इंग्लिस प्रिमियर लिग (इपिएल)को सन् २०१९/२० को सिजन आज रातिबाट सकिँदै छ। इपिएलको अन्तिम आज १० खेल हुँदैछ । दशवटै खेल राति ८ः४५ बजे सुरु हुनेछ।
सात खेलअघि नै लिभरपुलले इपिएल उपाधि जितिसके पनि अन्तिम दिनका खेल पनि उति नै महत्वपूर्ण छन्। आजको खेलका च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने टिमको टुंगो लगाउने छ भने रेलिगेसनमा पर्ने दुई टिमको टुंगो लगाउने छ।
इपिएलको अन्तिम चरण मात्र बाँकी रहँदा च्याम्पिन्स लिग खेल्ने दुई, युरोपा लिग खेल्ने एक टिम र रेलिगेसन पर्ने एक टिमको टुंगो लागिसकेको छ । शीर्ष दुईमा रहेका लिभरपुल र म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग पक्का भएको छ भने नर्विच सिटी रेलिगेनमा परिसकेको छ।
आज राति हुने १० खेल मध्ये महत्वपूर्ण ३ खेल यस्ता छन्
म्यान्चेस्टर युनाइटेड भर्सेस लेस्टर सिटी
लिगको अन्तिम दिनको सबैभन्दा महत्वपूर्ण खेल हो म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटीबीचको खेल। दुवै टिम च्याम्पिन्स लिग छनोटको दौडमा रहेकाले यो खेल महत्वपूर्ण छ। युनाइटेड ६३ अंकका साथ तेस्रो स्थानमा छ भने लेस्टर ६२ अंकका साथ पाचौं स्थानमा छ । खेल लेस्टर सिटीको मैदान किङ पावर स्टेडियममा हुने छ ।
कन्डिसन
युनाइटेड विजयी : ओले गनर सोल्ससायरको टिम म्यान्चेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा छनोट हुन एक अंकमा मात्र आवश्यक छ। यस्तो अवस्थामा युनाइटेड विजयी भए उसले लिग तेस्रो स्थानमा सकाउँदै च्याम्पियन्स लिगमा स्थान पक्का गर्ने छ। यस्तो अवस्थामा युनाइटेडको ६६ अंक हुनेछ। यता, लेस्टर सिटी भने च्याम्पियन्स लिगबाट बाहिरिँदै युरोपा लिग खेल्ने छ।
लेस्टर विजयी : यो खेलमा जित युनाइटेडलाई भन्दा लेस्टरका लागि महत्वपूर्ण छ। किनभने उसलाई च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न निश्चित आवश्यक छ। लेस्टरको ६५ अंक हुनेछ। यस्तो अवस्थामा तोस्रो वा चौथो हुँदै लेस्टरले लिग सकाउने छ। अन्तिम खेलमा चेल्सी विजयी भए लेस्टर चौथो र पराजित भए तेस्रो हुनेछ। चेल्सी पराजित भए युनाइटेडको भाग्य खुल्छ र, चौथो हुँनै च्याम्पियन्स लिगमा छनोट हुन्छ ।
बराबरी : किङ पावर स्टेडियममा हुने खेल बराबरीमा सकिँदा युनाइटेडले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने छ भने लेस्टर सिटीको फैसला चेल्सी र वुल्भ्सबीचको खेलले गर्ने छ। बराबरीपछि युनाइटेडको ६४ र लेस्टरको ६३ अंक हुनेछ। बराबरीले पनि लेस्टर चौथो बन्न सक्छ, तर त्यसको लागि चेल्सी पराजित हुनु पर्ने छ। चेल्सी पराजित भएपछि बराबरीमा रोकिँदा पनि गोलअन्तरमा माथि रहँदै लेस्टर च्याम्पियन्स लिगका लागि छनोट हुनेछ। चेल्सीले पाँचौं हुँदै युरोपा लिग खेल्ने छ।
चेल्सी भर्सेस वुल्भ्स : चेल्सी र वुल्भ्स दुवै च्याम्पियन्स लिग र युरोप लिग छनोटको दौडमा रहेका यो खेल पनि निकै मत्वपूर्ण छ। ६३ अंकका साथ चौस्रो स्थानमा रहेको चेल्सीलाई च्याम्पियन्स लिग र ५९ अंकका साथ छैठौं स्थानमा रहेको वुल्भ्सलाई युरोपा लिग खेल्न जित आवश्यक छ। खेल स्टामफोर्ड ब्रिजमा हुनेछ।
कन्डिसन
चेल्सी विजयी : घरेलु मैदानमा वुल्भ्सविरुद्ध जित निकाले चेल्सीको ६६ अंक हुने छ र उसको च्याम्पियन्स लिगमा स्थान पक्का हुनेछ। यस्तोमा युनाइटेड बराबरी वा पराजित भए चेल्सी दोस्रो र युनाइटेड विजयी भए तेस्रो हुनेछ। पराजयले वुल्भ्सको लागातार दोस्रो सिजन युरोपा लिग खेल्ने सम्भावना न्यून हुनेछ। उसको भाग्य टोटन्हयाम र क्रिस्टल प्यालेसबीचको खेलले निर्धारण गर्नेछ। टोटनह्याम पराजित भए वुल्भ्सले छैटौं हुँदै युरोपा लिग खेल्ने छ। यदि टोटनह्यामले अंक जोडे वुल्भ्स सातौं हुँदै युरोपा लिग खेल्नबाट बञ्चित हुनेछ।
वुल्भ्स विजयी : वुल्भ्सले चेल्सीविरुद्ध जित निकाले उसको ६२ अंक हुनेछ र छैटौं हुँदै उसको युरोपा लिगमा स्थान सुरक्षित हुनेछ। यता चेल्सीको भने च्याम्पियन्स लिग खेल्ने वा युरोपा लिग खेल्ने टुंगो युनाइटेड र लेस्टरको खेलबाट हुनेछ। युनाइटेड विजयी भए चेल्सीले युरोपा लिग खेल्ने छ भने युनाइटेड पराजित वा बराबरीमा रोकिए चेल्सीले च्याम्पियन्स लिग खेल्नेछ।
बराबरी : चेल्सी र वुल्भ्सबीचको खेल बराबरीमा सकिए, यो दुवैका लागि घाटा हुनेछ। यस्तो नतिजाले चेल्सी च्याम्पियन्स लिग र वुल्भ्सको युरोपा लिगको सम्भावना त रहन्छ। तर, त्यसका लागि अन्य खेलमा भर पर्नुपर्ने हुन्छ। खेल बराबरीमा सकिँदा चेल्सीको ६४ र वुल्भ्यसको ६० अंक हुनेछ।
खेला बराबरी हुँदा युनाइटेड र लेस्टर सिटीको बीचको खेलमा युनाइटेड विजयी वा बराबरी रोकिँदा चेल्सी च्याम्पियन्स लिगमा छनोट हुन्छ भने लेस्टर विजयी भए चेल्सीले युरोपा लिग खेल्ने छ। यता, टोटनह्याम क्रिस्टल प्यालेससँग रोकिए वा पराजित भए वुल्भ्सले युरोपा लिग खेल्ने छ भने विजयी भए वुल्भ्स सातौं हुँदै युरोपा लिग पुग्न असफल हुने छ।
वेस्टह्याम भर्सेस एस्टन भिल्ला
युनाइटेट–लेस्टर र चेल्सी–वुल्भ्स खेलजस्तै वेस्टह्याम र एस्टन भिल्लाबीचको खेल पनि महत्वपूर्ण छ। यो खेलको नतिजाले रेलिगेसनको टुंगो लाग्ने छ। यो खेल वेस्टह्यामका लागि भन्दा एस्टन भिल्लाका लागि महत्वपूर्ण छ। वेस्टह्याम ३८ अंकका साथ १५औं स्थानमा छ भने एस्टिन भिल्ला ३४ अंकका १७औं स्थानमा छ।
यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको एस्टन भिल्लालाई शीर्ष डिभिजनमै कामय रहने वेस्टह्याम हराउनै पर्ने हुन्छ। एस्टनभिल्ला विजयी भए बोर्नेमाउथ र वाटफोर्ड रेलिगेसनमा पर्ने छन्। यदि एस्टन भिल्ला पराजित भए बोर्नेमाउथ र वाटफोर्डको पनि रेलिगेसन बच्ने सम्भावना हुन्छ। बराबरीमा सकिए वोटफोर्ड रेलिगेसन बच्न सक्छ।
एस्टन भिल्ला पराजित भएको अवस्थामा आर्सनललाई हराउँदा वाटफोर्डले रेलिगेसनबाट बच्ने छ। यस्तो अवस्थामा वार्टफोर्डको ३७, एस्टन भिल्लाको २४ अंक हुने छ। यस्तै, एस्टनभिल्ला र वाटफोर्ड दुवै पराजित भएको अवस्थामा बोर्नेमाउथले एभर्टनमाथि जित निकाले उ रेलिगेनस बच्ने छ। यो समिकरणमा एस्टन भिल्ला, वाटफोर्ड र बोर्नेमाउथ तीनै टिमको समान ३४ अंक हुने छ, यस्तोमा बोर्नेमाउथ गोलअन्तरमा अगाडि रहँदै रेलिगेसन बच्ने छ।
वस्टह्याम र एस्टनभिल्लाबीचको खेल बराबरीमा सकिँदा पनि वाटफोर्डलाई रेलिगेसन बच्ने अवसर हुने छ। यस्तो वाटफोर्डले आर्सनललाई हराउनै पर्ने हुन्छ। यदि वाटफोर्डले अंक गुमाए एस्टनभिल्ला नै रोलिगेसनबाट बच्ने छ।











