प्रदेश १ मा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितमध्ये १९ प्रहरी
काठमाडाैं, साउन ११ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १९ जना प्रदेश नं. १ प्रहरी कार्यालय, विरा....

काठमाडाैं, साउन ११ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १९ जना प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी रहेका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरका २२ र इलामका ९ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ।
प्रदेश नं. १ प्रहरी कार्यालय का प्रवक्ता एसपी दिपक पोखरेलका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई बुधबार र चार प्रहरीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप १९ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।
योसँगै प्रदेश १ मा २४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै विराटनगरका तीनजनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये विराटनगर– ३ का दुई जना हुन् भने एक जनाको पहिचान खुल्न सकेको छैन।











