काठमाडौंमा थपिए कोरोनाका आठ नयाँ संक्रमित
काठमाडौं, साउन ११ : गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रव....

काठमाडौं, साउन ११ : गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा तीन जनामा कोराेना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका तीन जनामा संक्रमण पुष्टि भएको हो।
याेसहित देशभर संक्रमितकाे संख्या १८ हजार ६ सय १३ पुगेको छ।
प्रकाशित मिति: १६:३६ बजे, आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











