खाल्डोको पानीमा डुबेर झापामा तीन बालकको मृत्यु
झापा, साउन ८ : खाल्डोको पानीमा डुबेर झापाको भद्रपुरका तीन बालकको मृत्यु भएको छ। एक जनाको बुधबार साँझ र दुई जनाको आज बिहान शव भेटिएको छ।
भद्र....

झापा, साउन ८ : खाल्डोको पानीमा डुबेर झापाको भद्रपुरका तीन बालकको मृत्यु भएको छ। एक जनाको बुधबार साँझ र दुई जनाको आज बिहान शव भेटिएको छ।
भद्रपुर नगरपालिका–२ पृथ्वीनगरको कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खाल्डो खनिएको थियो। त्यसमा जमेको पानीमा तीन बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश थापाका अनुसार खाल्डोमा डुबेर भद्रपुर–२ का १० वर्षीय अंकुश तामाङ, १२ वर्षीय करण थामी र १४ वर्षीय अर्जुन थामीको मृत्यु भएको हो। करण र अर्जुन दाजुभाइ हुन्।
बुधबार दिउसो तीनै जना कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थल गएका थिए। अबेरसम्म नआएपछि उनीहरुको खोजी भएको थियो।
खोज्ने क्रममा बुधबार साँझ ७ बजे खाल्डोमा अंकुशको शव भेटिएको थियो। आज बिहान करण र अर्जुनको पनि त्यहि शव भेटिएको डीएसपी थापाले बताए। तीन बालकको शव पानीमा डुबेको अवस्थामा भेटिएको हो।
निर्माण कम्पनीले खनेको खाल्डो पुरेको थिएन्। त्यसमा पानी जमेको थियो। निर्माण कम्पनी र नगरपालिकाको लापरबाहीले तीन बालकको ज्यान गएको स्थानीय वासिन्दाको भनाइ छ।












