Kathmandu Press

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

कञ्चनपुर, साउन ८ : अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेका छन्। गए राति भएको आगजनीबाट वडा कार्यालयको प्रश....

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

कञ्चनपुर, साउन ८ : अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेका छन्। गए राति भएको आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ।

 कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए। कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ। 'राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ' उनले भने।

सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ। आगलागीको क्षति विवरण संकलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए।

प्रकाशित मिति: १२:१२ बजे, बिहीबार, साउन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्