पानी निकासको विषयमा कुटाकुट हुँदा सात घाइते
महाेत्तरी, साउन ७ : सोनमा गाउँपालिका –३ रघुनाथपुर गाउँमा बुधबार बिहान पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छ....

महाेत्तरी, साउन ७ : सोनमा गाउँपालिका –३ रघुनाथपुर गाउँमा बुधबार बिहान पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार स्थानीय सुजित यादव र चतुरी यादवका परिवारबीच पानी निकासको विषयलाई लिएर झैझगडा र कुटाकुट हुँदा तीन महिलासहित घाइते भएका हुन्।
घाइते हुनेमा चतुरी यादवका छोरा रुपेश, भाइबुहारी वर्षा र आमा तथा सुजित यादव, उनकी पत्नी किरणदेवी, छोराहरु रविशंकर यादव र हरिशंकर यादव रहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए। हात, मुक्का र भाटाले कुटाकुट गरेर घाइते भएकाहरुको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











