बारा र पर्साका थप ९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन ७ : बुधबार पर्सा र बारामा ९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ९ जनामा कोरोना संक....

काठमाडौं, साउन ७ : बुधबार पर्सा र बारामा ९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो।
सोमबार कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा संक्रमण पुष्टि भएको हो।
मारुती फर्मास्युटिकल्समा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्टमा रहेका मानिसहरुको कोरोना परीक्षण गरिएको थियो।
संक्रमण पुष्टि भएकाहरुलाई नारायाणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालको आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको छ।
यस अघिनै गण्डक कोभिड अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
प्रकाशित मिति: १२:११ बजे, बुधबार, साउन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)





-1792226847.jpeg)
