Kathmandu Press

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह

सिन्धुपाल्चोक, साउन ७ : जनैपूर्णिमाको अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने ....

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह

सिन्धुपाल्चोक, साउन ७ : जनैपूर्णिमाको अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ। पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ। 

गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए। 

यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ। पालिकाले मानिसको भीडभाड हुँदा कोरोना संक्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो। विभिन्न जिल्लाबाट सर्वसाधरण मेला भर्न पुग्ने गरेका थिए। समुद्री सहतबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँच ताल रहेका छन्।

पाँचपोखरीमा जनैपूर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए। पाँचपोखरीको दुई/तीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ। पालिकाले पाँचखोपारी क्षेत्रबाहेक अन्य ठाउँहरुमा समेत मेला, जात्रा, पर्वजस्तो मानिसको भीडभाड हुने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए। पालिकामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३३ संक्रमित छन्।

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्