Kathmandu Press

सिद्धार्थ राजमार्गमा पहिरो, बिहानैदेखि यातायात अवरुद्ध

पाल्पा, साउन ७ : एकतर्फी सञ्चालन भएको सिद्धार्थ राजमार्गमा फेरि पहिरो खसेको छ। पहिरोका कारण बुधबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ।

जिल्ला....

सिद्धार्थ राजमार्गमा पहिरो, बिहानैदेखि यातायात अवरुद्ध
रासस

पाल्पा, साउन ७ : एकतर्फी सञ्चालन भएको सिद्धार्थ राजमार्गमा फेरि पहिरो खसेको छ। पहिरोका कारण बुधबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको ६ ठाउँमा पहिरो खसेको छ। राजमार्गको कालीमाटी, गौडेपुल, लामीडाँडा, दोभानको नागमन्दिर, पालेपिपल र पैठेडाँडामा पहिरो खसेको हो।

धेरै ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन गिरीले बताए। मंगलबार एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको भएपनि आज भने धेरै ठाउँमा पहिरो गएकाले पन्छाउन समय लाग्ने उनले बताए।

केही ठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन। ढुंगा र हिलो माटो खसिरहेकाले पहिरो पन्छाउन पनि कठिन भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:२० बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्