कोरोना भाइरसको संक्रमणबाट महोत्तरीका बृद्धको मृत्यु
महोत्तरी, साउन ७ : कोरोना भाइरसको संक्रमणबाट महोत्तरीका एक बृद्धको गएराति मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका अनुसार कोरोना....

महोत्तरी, साउन ७ : कोरोना भाइरसको संक्रमणबाट महोत्तरीका एक बृद्धको गएराति मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका अनुसार कोरोना भाइरसको संक्रमणबाट महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय बृद्धको मृत्यु भएको हो। उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
उनी बिरामी भएपछि उपचारका लागि एक साता अघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए। गम्भीर अवस्थामा रहेका उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।
अस्पताल भनापछि उनको कोरोना परीक्षण गरिएको थियो। तीन दिन अघि आएको रिपोटमा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए। उनको उपचारका क्रममै मृत्युका बृद्धकाे गएराति नै अन्तिम संस्कार गरिएकाे छ।
उनलाई अन्य कुनै रोग देखिएको थिएन। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई निमोनिया भएको थियो। त्यस्तै, मिर्गौलामा पनि समस्या देखिएको थियो। मिर्गौलाले काम गर्न छोडेपछि उनको उपचार सम्भव नभएको अस्पालले जनाएको छ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नौ सय ९४ पुगेको छ। जसमध्ये १२ हजार चार सय ७७ जना निको भएका छन्।




-1792226847.jpeg)





-1792226847.jpeg)
