Kathmandu Press

मौसममा सुधार हुन केहि दिन लाग्ने, आज हल्का बर्षाको सम्भावना 

काठमाडौं, साउन ७ : जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिनसम्म मौसम सक्रिय रहने जनाएको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही केही....

मौसममा सुधार हुन केहि दिन लाग्ने, आज हल्का बर्षाको सम्भावना 

काठमाडौं, साउन ७ : जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिनसम्म मौसम सक्रिय रहने जनाएको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले गएको आइतबारदेखि लगातार ६ दिनसम्म पानी पर्ने अनुमान गरेको हो । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले हिउँद र प्रि मनसुनमा बढी वर्षा भएकाले मनसुनमा बाढीपहिरो बढेको जनाएको छ ।

यद्यपी, आज हिजो अस्तिकोभन्दा कम पानी पर्ने मौसमविद्ले बताएका छन् । वर्षाका कारण पानीको बहाव मुख्य नदी तथा खोलामा पर्ने भएकाले त्यस आसपासका बस्तीमा जोखिम हुने भन्दै सुरक्षित रहन उनले आग्रह गरेका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ०७:५२ बजे, बुधबार, साउन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्