Kathmandu Press

लकडाउन खुलेसँगै त्रिविका सबै क्याम्पसहरु पनि खुले

काठमाडौं, साउन ७ : सरकारले लकडाउनको अन्त्य गरेसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् ।

साउन ६ गतेदेखि ल....

लकडाउन खुलेसँगै त्रिविका सबै क्याम्पसहरु पनि खुले

काठमाडौं, साउन ७ : सरकारले लकडाउनको अन्त्य गरेसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् ।

साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जनाएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेकोपछि त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो ।

यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो ।

प्रकाशित मिति: ०७:१३ बजे, बुधबार, साउन ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्