भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन हुने
काठमाडौं, साउन ६ : सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंग....

काठमाडौं, साउन ६ : सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन हुने बताए।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी भदौ १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।
प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)





-1792226847.jpeg)
