Kathmandu Press

कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग

काठमाडौं, साउन ६ : संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ। ....

कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग

काठमाडौं, साउन ६ : संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ। 

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाका लागि अस्पताल हातामा रहेको उच्च  प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र युएफ फिल्ट्रेशनको मर्मतसम्भार गरी अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ। 

उक्त मेशिन मर्मतसम्भार गर्न  बैंकले एक लाख ४२ हजार ९४५ रुपैयाँ खर्च गरेको छ। बैंकका तर्फबाट बैंकका महाराजगञ्ज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेशिनको मर्मतसम्हारपछि अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललाई आज हस्तान्तरण गरेका हुन्।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्