Kathmandu Press

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन, साउन ६ : लगातारको वर्षाको कारण पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान ५ बजे चार....

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन, साउन ६ : लगातारको वर्षाको कारण पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५०  बजेबाट एकतर्फी सञ्चालनमा आएको हो।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उनले जानकारी दिए।

सोमबार दिनभर वर्षा र पहिरो खसिरहेपछि काम गर्न सकिएको थिएन। आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको थियो। पहिरो खसेको ठाउँ नारायणगढबाट ३१ दशमलव पाँच किलोमिटर मुग्लिनतर्फ पर्दछ। 

सो ठाउँ इच्छाकामना गाउँपालिका–६ हो। सो सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मतसम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न शुरु गर्दागर्दै पहिरो खस्न थालेको हो। यसअघि पनि त्यही पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सो सडक अवरुद्ध हुँदा धेरै सवारीका साधन रोकिएका थिए। सडक एकतर्फी खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन्। राजधानी काठमाडौंतर्फ जाने सवारी भने अगाडि पृथ्वी राजमार्गमा पुगेर रोकिने भएका छन्। सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ।

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, साउन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्