Kathmandu Press

प्रदेश नं १ मा ८२ प्रतिशत  रोपाइँ सम्पन्न

विराटनगर, साउन ६ : प्रदेश नं १ मा यस वर्ष हालसम्म ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गत....

प्रदेश नं १ मा ८२ प्रतिशत  रोपाइँ सम्पन्न

विराटनगर, साउन ६ : प्रदेश नं १ मा यस वर्ष हालसम्म ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गतवर्ष समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो। 

Hardik ivf

यस वर्ष मनसुनको प्रभाव तथा सिँचाइको सुविधाले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले जानकारी दिए। उनका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमीनमा १९ हजार १८७ हेक्टर जमीनमा अर्थात् ८० प्रतिशत रोपाइँ भएको छ।

यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुट्टा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जमीनमा ६८ हजार ४७८ अर्थात् ७५ प्रतिशत र मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमीनमा एक लाख ९३ हजार ५५५ हेक्टर जमीनमा अर्थात ८६ प्रतिशत धान रोपाइँ भइसकेको  छ।

मौसमको अनुकूलताले विगत केही वर्षको तुलनामा यस वर्ष रोपाइँ गर्न किसानले पानीको समस्या झेल्नु नपरेको हुँदा धानखेतीको क्षेत्र अझ बढ्ने उनले जानकारी दिए।

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, साउन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्