Kathmandu Press

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ६ : गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार थप १६ जनामा संक्रमण पु....

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ६ : गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिएका छन्। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये ७ जना स्याङजाका, लमजुङमा ६ जना र बागलुङका तीन जना रहेका छन्।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ४५ पुगेको छ।

प्रकाशित मिति: १६:०४ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्