Kathmandu Press

नेकपा स्थायी कमिटीको सरकारलाई ध्यानाकर्षण - विपद् पीडितको पुर्नस्थापना प्रभावकारी बनाऊ

काठमाडौं, साउन ६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित जनताको राहत तथा पुर्नस्थापनामा....

नेकपा स्थायी कमिटीको सरकारलाई ध्यानाकर्षण - विपद् पीडितको पुर्नस्थापना प्रभावकारी बनाऊ

काठमाडौं, साउन ६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित जनताको राहत तथा पुर्नस्थापनामा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राहत तथा उद्धारबारे सरकारलाई ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

'बाढीबाट प्रभावित जनतालाई यथोचित राहत दिन,भत्किएका संरचनाको निर्माण गर्न र उद्धार तथा राहतका काम प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई ध्यानाकृष्ट गराउने प्रस्ताव बैठकले पारित गरेको छ,' श्रेष्ठले भने।

यस्तै बैठकले विपदबाट ज्यान गुमाएकाहरुप्रति शोक प्रस्तावसमेत पारित गरेको थियो।

प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्