नारायणी नदीमा पानीको सतह बढेपछि गण्डक बराजका सबै ढोका खोलियो
काठमाडौं, साउन ६ : लगातारको वर्षातकाे कारण नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक बराजका सबै ढोका खोलिएको छ। नारायणी....

काठमाडौं, साउन ६ : लगातारको वर्षातकाे कारण नारायणी नदीमा पानीको सतह बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक बराजका सबै ढोका खोलिएको छ। नारायणी नदीमा पानीको सतह खतरा चिन्हभन्दामाथि पुगेपछि बराजका ३६ वटै ढोका खोलिएको हो।
नेपाल भारत सीमामा निमार्ण गरिएको गण्डक बराजले नारायणी नदी छेक्दा नेपालको सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका ३० बढी गाउँ ढुवानमा परेका छन्।
गण्डक बराज पुरानो भएकाले त्यसको क्षमता ४ लाख क्यूसेकको हाराहारीमा रहेको छ। ३ लाख क्यूसेक नाघेपछि खतरा मानिन्छ। गण्डकमा मंगलबार पानीको सतह ३ लाख क्यूसेक हाराहारी पुगेको छ।
नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपुर(पश्चिम) ले आग्रह गरेको छ।
भारतले उत्तर प्रदेश र बिहारका विभिन्न जिल्लामा सिँचाइ गर्न नारायणीको पानी प्रयोग गर्ने गरेको छ।




-1792226847.jpeg)





-1792226847.jpeg)
