नेकपा विवाद समाधानका लागि प्रवक्ता श्रेष्ठले अघि सारे तीन सुत्र
काठमाडौं साउन ६ : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको रक्षालाई बटमलाइन बनाउँदै विवाद समाधानका तीन सुत्र अघि सारेका छन्....

काठमाडौं साउन ६ : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको रक्षालाई बटमलाइन बनाउँदै विवाद समाधानका तीन सुत्र अघि सारेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विवाद समाधानका लागि तीन उपाय अघि ल्याएका हुन्।
पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाउनुपर्ने प्रस्ताव श्रेष्ठको छ। उनले गुणात्मक परिवर्तनबारे भने केही व्याख्या गरेका छैनन्। महाधिवेशन पनि सहमतिको सुत्रधार भएकोले अहिले सम्भव नभएको उनको मत छ। 'वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पुरागर्ने गरी महाधिवेशन को तयारी गरौं। यसो गर्दा आगामी मंसिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिन्न,' श्रेष्ठले लेखेका छन्।
महाधिवेशनलाई एकता र वैचारिक संश्लेषण तथा विकासको महाधिवेशन बनाउनुपर्ने उनको भनाई छ। महाधिवेशनको विषय केन्द्रिय कमिटीमार्फत टुंगो लगाउनुपर्ने श्रेष्ठको मत छ। महाधिवेशनबाट पछि हट्नु र त्यस प्रक्रियामा ढिलाई गर्नु दुबै गलत भएको श्रेष्ठको भनाई छ।




-1792226847.jpeg)





-1792226847.jpeg)
