पहिरोले दार्चुलामा दाजुभाइको मृत्यु, बालकसहित तीन घाइते
दार्चुला, साउन ६ : पहिरोले दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीमा घर पुरिँदा दाजुभाइको मृत्यु भएको छ। पहिरोमा पुरिएर तीन जना घाइते भएका छन्....

दार्चुला, साउन ६ : पहिरोले दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीमा घर पुरिँदा दाजुभाइको मृत्यु भएको छ। पहिरोमा पुरिएर तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति आएको पहिरोले घर पुरिएको हो। पहिराले घर पुरिँदा दिदीलाई भेट्न आएका लेकम गाउँपालिका–५ का २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय वासिन्दाले उनीहरुको शव निकाले हुन।
पहिरोमा पुरिएर ३५ वर्षीया लक्ष्मी दमाई, उनकी छोरी १४ वर्षीया सोनिया र छोरा नौ वर्षीय छोरा शुभम घाइते भएका छन्। उनीहरु स्थानीय वासिन्दाले उद्धार गरेका हुन्।
लक्ष्मी र सोनिया गम्भीर घाइते रहेका छन्। उनीहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आज बिहान ३ बजे पहिरो आएको थियो। पहिरो आएको थाहा पाएपछि स्थानीय वासिन्दा उद्धारमा खटिएका थिए।




-1792226847.jpeg)





-1792226847.jpeg)
