Kathmandu Press

कांग्रेस महामन्त्रीको प्रश्न, 'विद्या भण्डारी नेपालको कि नेकपाको राष्ट्रपति?'

काठमाडौं, साउन ६ : कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छ....

कांग्रेस महामन्त्रीको प्रश्न, 'विद्या भण्डारी नेपालको कि नेकपाको राष्ट्रपति?'

काठमाडौं, साउन ६ : कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन्।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औं बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको अर्चुअल कार्यक्रममा बोल्दै महामन्त्री डा.कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको जिकिर गरे। उनले प्रश्न गरे, 'विद्या भण्डारी नेपालको कि नेकपाको राष्ट्रपति?'

डा.कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताए। उनले आफूहरुको समूहबाट को सभापतिको उम्मेदवार बन्ने भन्ने छलफल भइरहेको बताए।

राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने उल्लेख गर्दै अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।

महाधिवेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको उनको आरोप छ। आफूले सभापति देउवालाई सधै सहयोग गरेको तर सभापतिले पार्टीमा एकलौटी गर्न नछोडेकाले देउवाविरुद्ध लाग्न बाध्य भएको उनको भनाइ थियो।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर धर्ती, बद्रि पाण्डे र गगन थापाले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए।

 

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्