Kathmandu Press

अदालतको फैसला अवहेलना गरी फरार रहेका दुई व्यक्ति पाँच महिनापछि पक्राउ

भक्तपुर, साउन ६ : बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुरका मधुराम प्रधानांगलाई प्रहरीले पक्राउ गरेको छ। 
....

अदालतको फैसला अवहेलना गरी फरार रहेका दुई व्यक्ति पाँच महिनापछि पक्राउ

भक्तपुर, साउन ६ : बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुरका मधुराम प्रधानांगलाई प्रहरीले पक्राउ गरेको छ। 
भक्तपुरको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरी कारागार चलान गरेको हो।

प्रतिभा नायभा श्रेष्ठको जाहेरी रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले  विसं २०७६ माघ २७ गते पाँच दिन कैद र ६ लाख ९६ हजार एक सय रुपैयाँ जरिवाना पैmसला गरेको थियो। प्रहरीले उनलाई भक्तपुर जिल्ला अदालतमा सोमबार पेश गरी फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाउने आदेश भएपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

त्यसैगरी विश्वराम लवजु चोरी मुद्दामा दोषी ठहर गर्दै जरिवाना फैसला भएका भक्तपुर नगरपालिका–९ कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई प्रहरीले सोमबार पक्राउ गरी जरिवाना असुल गरेको छ। भक्तपुर जिल्ला अदालतले गत माघ २७ गते ११ हजार रुपैयाँ जरिवाना फैसला गरे पनि फरार रहेका प्याठलाई पक्राउ गरी जरिवाना असुल गरिएको गिरीले जानकारी दिए।

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, साउन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्