१४ अञ्चलमै पलको ससुराली! (भिडियो)
काठमाडाैं, चैत ९ : नायक पल शाहले एक फरक स्वादको म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनले नायिका सारा श्रीपाइलीसँग जोडी बाँध्दै भिडियोमा १४ अञ्चलमा नै आफ....

काठमाडाैं, चैत ९ : नायक पल शाहले एक फरक स्वादको म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनले नायिका सारा श्रीपाइलीसँग जोडी बाँध्दै भिडियोमा १४ अञ्चलमा नै आफ्नो ससुराली भएको बताएका छन्।
चर्चित लोकगायक खुमन अधिकारीको स्वरमा रहेको '१४ अञ्चल ससुराल' बोलको गीतको भिडियो हालै सार्वजनिक भएको हो। गायक खुमनले आफ्ना साबिकका गीत भन्दा फरक तरिकाले यस गीतलाई प्रस्तुत गरेका छन्। गीतमा अराज केशवले र्याप हानेका छन्। गीतमा शब्द तथा संगीत माधव न्यौपानेको छ।
चलनचल्तीको गीतभन्दा केही लामो लाग्ने गीतमा पल र सारासँगै अराज केशवले पनि नृत्य गरेका छन्। विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा पछिल्लो समय चर्चामा रहेको अशिक र निरजको समलिंगी जोडी समेत रहेको छ। गीतमा भनिएअनुसार विदेशी युवतीलाई पनि देख्न सकिन्छ। भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सुप्रिम पराजुली भिडियो सम्पादक हुन्।












