Kathmandu Press

मेलमिलापको नीति का‌ंग्रेसले बिर्सन थाल्यो : नेता भण्डारी

दमौली, साउन ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति कांग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताएका ....

मेलमिलापको नीति का‌ंग्रेसले बिर्सन थाल्यो : नेता भण्डारी

दमौली, साउन ६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति कांग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताएका छन्।  ३८ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस व्यास नगर समितिले व्यास नगरपालिका–५ पाटनमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले वर्षको एकदिन मात्रै कार्यक्रम गरेर बिपीको सम्मान नहुने बताएका हुन्।

नेता भण्डारीले भने, 'बिपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ।' बिपीले सधैं आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बिपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिए।

नेताहरुको कोठे बैठकले पार्टीलाई नोक्सानी पुर्‍याउने भन्दै भण्डारीले पार्टीभित्रको साथीहरुलाई चुनौतीको रुपमा देखेर काँग्रेस बलियो नहुने तर्क गरे। 'आफ्नै साथीहरुलाई सिध्याएर पार्टी बलियो हुँदैन, पार्टीलाई बलियो बनाउन सबैसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ,' नेता भण्डारीले भने।

कांग्रेस जिल्ला सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रजातान्त्रिक आन्दोलनमा बिपीले पुर्‍याएको योगदान सधैं अविष्मरणीय रहने बताए। 'बिपीको लोकतन्त्रप्रतिको निष्ठा सधैं अविचलित रहिरहन्छ, बिपीप्रतिको निष्ठा जोगाउन कांग्रेसका कार्यकर्ता लाग्नुपर्छ,' उनले भने। 

बिपी स्मृतिको दिवसमा नेपाली कांग्रेसले आज दशवटै स्थानीय तहमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको नगरसभापति शान्तिरमण वाग्लेले जानकारी दिए। सो क्रममा आँप, बेल, अशोक, कपुरलगायतका २२५ बिरुवा रोपिएको थियो।

प्रकाशित मिति: १२:०९ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्