Kathmandu Press

बिपीको समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने छ : सभापति देउवा

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्....

बिपीको समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने छ : सभापति देउवा

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन्। 

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा आज उनले बिपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा कांग्रेस अग्रसर रहने बताएका हुन्।

यसैगरी कांग्रेस महामन्त्री डा शशांक कोइरालाले बिपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पुर्‍याउँदैन भन्ने गरेको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरेका छन्। उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता भएको बताए।
बिपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र संगीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी व्यक्ति थिए। उनले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकास गरेका थिए। कांग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी बिपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ।     

प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्