Kathmandu Press

दार्चुलामा पहिरो, दुईको मृत्यु, तीन घाइते

काठमाडौं, साउन ६ : पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिका गाउँपालिका ८ का अर्जन दर्जी र मिलन दर्जी रहेका छन्। 

दार्चुलामा पहिरो, दुईको मृत्यु, तीन घाइते

काठमाडौं, साउन ६ : पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिका गाउँपालिका ८ का अर्जन दर्जी र मिलन दर्जी रहेका छन्। 

पहिरोमा परी अन्य तीन जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकी दुई जनाकाे अवस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

पहिरोबारे गाउँलेले प्रहरीलाई खबर गरेपछि स्थानीयले प्रहरीको सहयोगमा घाइतेको उद्धार गरेका थिए।

घट्नास्थलमा प्रहरी पुग्दा दुई जनाको भने मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मिति: ११:५४ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्