नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि तोकिएको समयमा ब...." />नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि तोकिएको समयमा ब...." />नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि तोकिएको समयमा ब....">

नेकपा स्थायी कमिटी बैठक दुई घन्टा सारियो

काठमाडौं, साउन ६ :नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि तोकिएको समयमा ब....

नेकपा स्थायी कमिटी बैठक दुई घन्टा सारियो
फाइल फाेटाे

काठमाडौं, साउन ६ :नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि तोकिएको समयमा बस्न सकेन। बिहान बोलाइएको बैठक दुई घन्टा सारिएको छ।

नेकपा स्थायी कमिटी बैठक आज बिहान ११ बजे बोलाइएको थियो। अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद जारी रहेकोले दिउसो १ बजे सारिएको नेकपाले जनाएको छ।

बैठक अघि सहमितका लागि प्रयास भइरहेको जनाएको छ। आज बिहान पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको थियो।

नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ। असार १८ गतेदेखि बैठक बस्न सकेको छैन।

प्रधानमन्त्री ओलीको राजीनामाको विषयले विवाद उत्पन्न भएको हो। प्रचण्ड र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यले प्रधानन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागेका छन्। ओलीले भने दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन्।

जसले गर्दा नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ। असार १० गतेदेखि सुरु भएको बैठकले एजेन्डामा छलफलल गर्न पाएको छैन।

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, साउन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्