सुदूरपश्चिमका दुई मन्त्रालयसहित तीन ठाउँमा बम, सेनाद्वारा निष्कृय
धनगढी, साउन ६ : सुदूरपश्चिमका दुई मन्त्रालयसहित तीन ठाउँमा अज्ञात समूहले राखेका बम सेनाको टोलीले निष्कृय पारेको छ।
मंगलबार बिहानै धनगढीका ती....

धनगढी, साउन ६ : सुदूरपश्चिमका दुई मन्त्रालयसहित तीन ठाउँमा अज्ञात समूहले राखेका बम सेनाको टोलीले निष्कृय पारेको छ।
मंगलबार बिहानै धनगढीका तीन स्थानमा प्रेसकुकर बम राखिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयनजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालयनजिक मुख्य बाटोमा र एलएनचोक नजिकै रहेको गल्लीमा बम राखिएको थियो।
तीन ठाउँमा राखिएको बम सेनाको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार प्रेसर कुकर बाहिरबाट टेपले बाँधिएको, तार बाहिर निकालेको अवस्थामा भेटिएको थियो।
त्यस्तै लम्किचुहा नगरपालिका कार्यालय नजिकै बाटोमा शङ्कास्पद वस्तु भेटिएको छ। त्यसलाई निष्कृय पार्न सेनाको टोली त्यसतर्फ गएको छ।
यसैबीच कैलालीको घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आएको स्कारपियो गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेएको छ।
नगरपालिकाको कर्मचारी आवासगृहको परिसरभित्र पार्किङ गरी राखिएको से १ झ २४१ नंको गाडीमा अज्ञात समूहले आगजनी गरेएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। गाडीको पछाडिपट्टिको भाग मात्र जलेको छ।




-1792226847.jpeg)





-1792226847.jpeg)
